ब्याजदर फिक्स कि भेरिएबल ?

Photo Sameer   ब्याजदर फिक्स कि भेरिएबल ?

Sameer Shrestha

होम लोनको ब्याजदर फिक्स गर्ने कि भेरिएबल नै छोड्ने भन्ने प्रश्न आजको ऐतिहासिक सस्तो ब्याजदरले तात्तिएको मोर्ट्गेज मार्केटमा हरेकको मनमा उठ्नु स्वाभाविक हो। यस विषयमा निर्णय लिनुभन्दा अघि दुबैको फाइदा र बेफाइदा केलाउनुका साथै पर्न सक्ने वित्तिय भार र जोखिमको हिसाब किताब पनि गर्नु बुद्धिमानी हुन्छ। लोन फिक्स गर्नुको मुख्य फाइदा भनेको निश्चित अवधिसम्म मार्केटमा ब्याजदरको मुभमेन्ट जे भए पनि तपाइंको ब्याजदर र तिर्नुपर्ने न्युनतम रिपेमेण्ट स्थिर नै रहन्छ। यसको मतलब फिक्स्ड अवधि भरि तपाइंको बैंकले लोनमा ब्याजदर वृद्धि गर्न पाउँदैन।

यसर्थ फिक्स गर्नु भनेको भबिष्यमा हुन सक्ने ब्याजदर वृद्दि विरुद्दको बिमा हो। सामान्यतया फिक्स्ड रेट होम लोनको बेफाइदाहरु भनेको अतिरिक्त रिपेमेंट गर्न नपाउनु वा निश्चित रकम मात्रै तिर्न पाउनु, फिक्स्ड अबधि भित्र सबै लोन चुक्ता गर्दा चाडैं तिरे बापत शुल्क लाग्नु र अन्य लोन फिचरहरु र लचकता नहुनु हो। तर यसलाई आफ्नो आबश्यकता र परिस्थिति अनुसार ब्यबश्थापन गर्न सकिने गरि मिलाउन सकियो भने ब्याजदर वृद्धिबाट पर्न सक्ने वित्तिय समस्या न्यूनीकरण हुनुको साथसाथै ब्याजमा ठुलो रकम बचत गर्न पनि सकिन्छ। बिशेष गरि आजको जस्तो रेकर्ड लो रेटबाट द्रुत गतिमा बढ्दै सामान्य रेट मार्केटमा फर्कने अवस्थामा, त्यो भनेको आजको रेट भन्दा २.००% भन्दा पनि बढी हो। स्मरण रहोस २०१२ मा सबै भन्दा सस्तो फिक्स्ड रेट भनेको ५ बर्षे लगभग ६.४९% र ३ बर्षे ६.३५% को हाराहारीमा थियो भने आज ५ बर्षे ४.३९% र ३ बर्षे ३.९९% देखि नै उपलब्ध छ।

अर्को तर्फ मार्केटमा हुन सक्ने ब्याजदर ब्रिद्दि संगै बढने लोनको ब्याजदर र न्युनतम मोर्टगेज रिपेमेण्ट्को आर्थिक भार र पर्न सक्ने वित्तिय जोखिम ब्यबश्थापन गर्न तपाइंलाई गाह्रो पर्दैन भने भेरिएवल रेटमा बस्दा ब्याजदर घट्दा हुने बचत, भेरिएवल होम लोनको लचकताका साथै अन्य थुप्रै लोन फिचरहरु जस्तै: अफसेट एकाउण्ट, असिमित अतिरिक्त रिपेमेण्ट आदि इन्जोय गर्न सकिन्छ। अर्को बुझ्नै पर्ने महत्तोपुर्ण कुरो के छ भने रिजर्व बैंकको क्यास रेट स्थिर नै रहदा पनि बैंकहरुले कुनै पनि समयमा भेरिएवल रेट घटाउन वा बढाउन सक्छन।

भेरिएवल र फिक्स्ड रेट लोनका आ-आफ्नै बिशेषता र सिमितता हरु छन्, जसको कारण यी दुइ बीच एउटालाइ छान्नु अबश्य नै गार्हो हुन्छ। त्यसैले प्राय सबै जसो बैंकहरुले एउटै लोनलाइ दुइ वा दुइभन्दा बढी टुक्रामा विभाजित गरेर एक भाग भेरिएवल र अर्को भाग फिक्स्ड गर्ने सुबिधा दिएको हुन्छ, जसलाई स्प्लिट लोन भनिन्छ। यसरि स्प्लिट गर्दा दुबै किसिमका लोनमा भएका फाइदाहरु पाइने हुँदा अलि कन्फ्युज्ड र मोडरेट रिस्क प्रोफाइल भएकाहरु बढी आकर्षित हुन्छन।

अब जहाँसम्म के आज फिक्स गर्ने सहि समय हो? भन्ने प्रश्न छ, आजको मोर्ट्गेज मार्केट सामान्य ब्याजदर भएको अवस्थाको मार्केट होइन, आज मार्केटमा ऐतिहासिक न्युन ब्याजदर कायम भएको बर्षौं भैसकेको छ र अझै घट्ने दिशामा छ भनेर मिडियामाहरुमा पढ्न र सुन्न पाइञ्छ। तर यो ब्याजदरको मुभमेन्ट अनुमान गर्नु अत्यन्तै गाह्रो कुरो हो र वास्तवमा अनुमान अनुमान नै हो भन्ने कुरो त गत फेब्रुअरीमा भएको ब्याजदर गिरावटले नै प्रमाणित गरिसकेको छ। जुन बेला धेरै जसो इकोनोमिस्ट र एकस्पर्टहरुले केहि महिना अघि देखि ब्याजदर बढ्ने भनेर अनुमान लगाउंदै छलफल गरिरहेका थिए। अनि त्यसैलाई आधार मानेर धेरैले आफ्नो लोनलाइ हतार हतार ३ बर्षे तथा ५ बर्षे फिक्समा स्विच पनि गरे तर भैदियो अर्को ०.२५% रेट कट। र यसलाई पछ्याउन्दै सबै जसो बैंकहरुले आफ्नो ब्याजदर कम्तिमा ०.२५% ले नै घटाए, अझै कति बैंकहरुले त त्यो भन्दा बढीले पनि घटाए, फिक्स र भेरिएवल दुबै।

तसर्थ आजको यस्तो रेकर्ड लो ब्याजदर हुँदैमा फिक्स गरेर तिन चार बर्ष ढुक्कले बस्ने कि, मिडियाहरुमा सुनिए, देखिए र पढिए जस्तै दुइ चार महिनामा अझै घटी नै पो हाल्छ कि त भनेर, अनुमान गरीए विपरित बढ्न सक्ने जोखिम मोल्दै केहि समय कुर्ने? भन्ने चाही हरेकको व्यक्तिगत परिश्थिति, वित्तिय अवस्थिति, रिस्क प्रोफाइल, तिनीहरुको व्यवस्थापन नीति, र मार्केटलाइ हेर्ने द्रिस्टिकोन्मा भर पर्छ। त्यसैले यस विषयमा प्रोफेसनल र अनुभबी मोर्ट्गेज ब्रोकरबाट विस्तृत जानकारी र परामर्श लिइ मात्र सुसुचित निर्णय लिनु उपयुक्त हुन्छ। जसले तपाइंको व्यक्तिगत परिस्थिति, आबश्यकता र उद्देश्य अनुसार तपाइंको लागि सबैभन्दा उपयुक्त हुने लोन अप्सन छान्नको लागि निशुल्क मद्दत गर्न सक्छ।

(प्रथम पटक नेपाल न्युज अस्ट्रेलियाको २०१५ अप्रील अंकमा प्रकाशित प्रस्तुत लेख तपाइंको व्यक्तिगत परिस्थितिलाइ हेरी तयार पारिएको नभई समग्रमा सबैलाई मिल्ने किसिमको सामान्य जानकारी मात्र भएको हुँदा, यसलाई मात्र आधार मानेर कुनै पनि वित्तिय निर्णय लिनु भन्दा, प्रोफेसनल परामर्श लिएर मात्र निर्णय लिनु उपयुक्त हुन्छ। यदि तपाइका पनि केहि जिज्ञासा भए लेखकलाई sameer@sagehomeloan.com.au मा सिधै सम्पर्क गर्न पनि सक्नुहुन्छ।)

Sameer Shrestha

Professional Mortgage Broker since 2011. Specialized in, First Home Buyers Loan, Property Investors Loan and Refinance & Save Loan.